शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

शेयर बजारमा ५४ अंककाे बढयाे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ पुस । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो ।

- Advertisement -

यसक्रममा आज ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । हिजो बुधबार ८ अर्ब तीन करोड रुपैयाँको कारोबार भएको थियो । यस्तै, हिजो परिसूचक ३० अंकले घटेको थियो ।

आज ५४ अंकले बढेसँगै नेप्से परिसूचक २८ सय ५७ अंकमा पुगेको छ । यो साताभरमा हिजो बुधबार मात्रै नेप्सेमा गिरावट आएको थियो । यसबाहेक अन्य दिन नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

- Advertisement -

परिसूचकमा उल्लेख्य सुधार आउँदा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । मध्यभोटेकोसी, माउन्टेन हाइड्रो नेपाल, कणाली विकास बैंक र शिव श्री हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

यसैगरी, आज माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज तामाकोसीको ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि अपि पावरको सेयर २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार