23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

नेपाल रेल्वेका नयाँ कर्मचारी नहटाए चरणबद्ध आन्दोलन गर्ने पुराना कर्मचारीको चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२९ पुस । नेपाल रेल्वेका पुराना कर्मचारीले नयाँ कर्मचारीलाई अहिले दिइरहिएको तालिम तत्काल रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । पुराना रेल्वे कर्मचारीको संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

- Advertisement -

ज्ञापनपत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूर्वकर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे ।

- Advertisement -

रेल्वेका पुराना कर्मचारीहरुले बुधबार तालिम स्थलमा विरोध प्रदर्शन गरेका थिए । पुराना कर्मचारीलाई विनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि उनीहरु आन्दोलित भएका हुन् ।

पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्त गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरूलाई कदापि मान्य नहुने उनीहरुले बताएका छन् ।

रेल्वे सञ्चालनका लागि पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले १५१ जना ज्यालादारी कर्मचारीलाई नियुक्त गरे पनि उनीहरुलाई नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले हटाएका थिए ।

नेपाल रेल्वेले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेसन मास्टरका लागि ५५ जनालाई तालिम दिइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -