शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

ओमिक्रोन संक्रमित भएकाे यसरी थाहा पाउनुहाेस् ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ – नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर फेरि बढ्न थालेकाे छ। सरकार पछिल्लो संक्रमण ओमिक्रोन भेरियन्टले बढेको हो भनेर औपचारिक रूपमा भनिसकेको छैन तर ट्रेन्ड हेर्दा अहिले ओमिक्रोनकै कारण संक्रमण तीव्र भइरहेको देखिन्छ।

- Advertisement -

पछिल्लो डेढ सातायता संक्रमण पुष्टि भएका कोरोनाका बिरामीहरू धेरै त घरमै बसिरहनुभएको होला। तपाईंलाई घरिघरि लक्षणले सताउँदा आफू अस्पताल जाने कि नजाने भन्ने दुविधा परिरहेको हुनसक्छ। त्यसमाथि धेरैलाई ओमिक्रोनको असरबारे थाहा नहुँदा अलमल भइरहेको हुनसक्छ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी ओमिक्रोन भेरियन्ट पहिलेका भेरियन्टभन्दा खासै फरक नरहेकाले संक्रमितले पहिल्यैकै सुरक्षाका उपायहरू अवलम्बन गर्नसक्ने बताउँछन्।

- Advertisement -

कसैलाई संक्रमण भए सबैभन्दा पहिले ती व्यक्तिले आफूलाई अन्य व्यक्तिहरूको सम्पर्कबाट टाढा राख्नुपर्ने डाक्टर सुवेदी बताउँछन्। साथै सामान्य लक्षण भएको अवस्थामा संक्रमित आत्तिएर अस्पताल गइहाल्नु नपर्ने उनको सुझाव छ।

अहिले जति नयाँ संक्रमित अस्पताल भर्ना भएका छन्, तीमध्ये धेरै जना सामान्य लक्षण भएकाहरू छन्। चिकित्सकहरूका अनुसार उनीहरूमा ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने र थकान लाग्नेजस्ता सामान्य लक्षण छन्। यस्ता लक्षणहरू सामान्य रहेको उल्लेख गर्दै चिकित्सकले त्यस्ता संक्रमित घरमै बस्न सकिने जनाएका छन्।

घरमा बस्दा संक्रमितले केही कुरामा भने पक्कै ख्याल गर्नुपर्ने हुन्छ। डाक्टर सुवेदीका अनुसार संक्रमितले आफ्नो अक्सिजन मात्रा बेलाबेलामा जाँच गरिराख्नुपर्छ। त्यसका लागि अक्सिमिटर को प्रयोग गर्न सकिन्छ। अहिलेसम्म भएका अध्ययनहरूले ओमिक्रोन अन्य भेरियन्टभन्दा एकदम छिटो फैलिने देखिए पनि यो कम घातक रहेको देखिएको छ। लक्षणका हिसाबले भने ओमिक्रोन भेरियन्टले श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा बढी असर पुर्‍याएको देखिएको छ।

विज्ञहरूले सुझाएजस्तै सामान्य लक्षण भएका संक्रमित घरमै बसिदिए भने जटिल संक्रमितलाई अस्पतालमा व्यवस्थापन गर्न सहज हुन्छ। किनकी सरकारले तेस्रो लहरमा झन्डै १५ हजार संक्रमित गम्भीर हुनसक्ने प्रक्षेपण गरेको छ। अहिले अस्पतालहरू पनि यही कुरालाई मध्यनजर गर्दै बेड, अक्सिजनलगायत स्रोत जुटाइरहेका छन्। अस्पतालहरू सामान्य लक्षण भएका संक्रमितले भरिन थाले भने जटिल संक्रमितलाई व्यवस्थापन गर्न गाह्रो पर्छ। जसले गर्दा अनपेक्षित मृत्यु संख्या बढ्नसक्छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार