शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

बीरगन्जमा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेनाको समूह प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ माघ । बीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेनाको समूह प्रवेश गरेको छ ।

- Advertisement -

बीरगन्जस्थित आदर्शनगर रङ्गशालामा माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्र्तगत आज भएको पहिलो सेमीफाइनल खेलमा गण्डकी प्रदेशलाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै नेपाली सेनाको समूहले फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

नेपाली सेनाको तर्फबाट १७ मिनेटमा जर्सी नम्बर ८ सिता कुमारी चौधरी, २५ मिनेटमा जर्सी नम्बर ३० अञ्जना चन्द ठकुरी र ४६ औँ मिनेटमा जर्सी नम्बर १३ निलिमा पाण्डेले गोल गरेका थिए ।
गण्डकी प्रदेशको फाइनलमा पुग्ने लक्ष्य बिचमै सकिएको छ । अथक प्रयासका बाब्जुद पनि गण्डकीले गोल गर्न नसकेपछि पराजय बेहोर्नुपरेको हो ।

- Advertisement -

प्रतियोगितामा नेपाली सेनाकी जर्सी नम्बर ८ सिता कुमारी चौधरी प्लेयर अफ दी म्याच घोषित भएकी छिन् ।

फाइनल खेल शनिवार हुने नेपाल हक्की संघले जनाएको छ ।

यसैबिच आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सुदुरपश्चिम विजयी भएको छ । ० को विरुद्ध २ गोल गर्दै सुदुर पश्चिम विजयी भएको हो ।

भोली हुने फाइनल खेलमा विभागीय टोलि नेपाल आर्मी र सुदुरपश्चिम भिड्ने छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार