25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

मन्दिर उद्घाटन गर्न पुगेका पूर्वमन्त्री सोनल आफ्नै गाउँबाट लखेटिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०९ माघ – मन्दिर उद्घाटन गर्न पुगेका पूर्वमन्त्री जितेन्द्र सोनल आफ्नै गाउँबासीबाट लखेटिएका छन् । बाराको परवानीपुर गाउँपालिका वडा नं. ३ लिपनीमालमा निर्माण सम्पन्न भएको ब्रह्मबाबाको मन्दिर उद्घाटन गर्न शनिवार मन्त्री सोनल दलबलका साथ लिपनीमाल पुगेका थिए । तर स्थानीयहरुले पूर्वमन्त्री सोनलसँग मन्दिरको उद्घाटन गराउन नमानेपछि विवाद सृजना भएको थियो ।

- Advertisement -

स्थानीहरुका अनुसार राय सल्लाह बिना पूर्वमन्त्री सोनलले मन्दिरको शिलालेखमा आफ्नो नाम लेखाउनका लागि मन्दिर उद्घाटन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । स्थानीयहरुले नेता सोनलले मन्दिरमा समेत राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ८ लाख एवं स्थानीय सरकारको ५ गरी कुल १३ लाख रुपंैयाको लागतमा निर्माण भएको मन्दिरको शिलान्यसको क्रममा पनि विवाद भएको थियो ।

मन्दिर उद्घाटनको क्रममा कैचीबाट रिबन काट्न खोज्दा हो–हल्ला गर्दै स्थानीयहरु नेता सोनल माथि खनिएका थिए । सो क्रममा विवादले उग्ररुप लिएपछि मन्दिर उद्घाटन गर्न नपाउदैं पूर्वमन्त्री सोनल प्रहरी सुरक्षाको घेरामा भागेका थिए । उनको सुरक्षामा खटिएका प्रहरीलाई भिडलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । सो क्रममा स्थानिय तथा पूर्वमन्त्री सोनलका पक्षधरहरु बिच धक्कामुक्की समेत भएको थियो ।

दोहरो विवादको क्रममा मन्त्री सोनल सहितका केही स्थानियहरुलाई समेत सामान्य चोटपटक लागेको स्थानिय युवा नेता राजेश यादवले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा अनुसार परवानीपुरमा मन्दिर उद्घाटनको क्रममा समान्य विवाद भएको भए पनि स्थानियहरुकै रोहवरमा विवाद सामान्य भएको थियो । यता, गाउँबासीको विरोधका कारण मन्दिरको उद्घाटन नगरी नेता सोनल भागेको स्थानीय युवा यादवको भनाई छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -