25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

मधेश बन्यो सबैभन्दा बढी जनसंख्या हुने प्रदेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१२ माघ । मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बनेको छ । तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।

- Advertisement -

मधेशपछि सबैभन्दा बढी जनसंख्या भएको प्रदेशमा बागमती प्रदेशको नाम आउँछ । बागमतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

नयाँ जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -