22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ माघ । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

- Advertisement -

अस्पतालको गाडीमा सवार रहेका साहमाथि बुधबार जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए।

- Advertisement -

गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डाक्टर साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।

‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ,’ संघका अध्यक्ष डा रविन खड्का र महासचिव डा कितिपाल सुवेदीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।

संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउने सरकारलाई चेतावनी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -