जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले लेखा अधिकृत राम सुलित महतोलाई कार्यालयमा हाजिर हुन दिएका छैन् ।
मधेश प्रदेशको अर्थमन्त्रालयले पुस ९ गते लेखा अधिकृत महतोलाई कृषि ज्ञान केन्द्र धनुषामा कामकाज गर्न खटाएको थियो । तर, ज्ञान केन्द्रका प्रमुख साहले लेखा अधिकृत महतोलाई माघ १० गते सम्म कार्यालयमा हाजिर गर्न दिएका छैन् ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख साह पटक–पटक भ्रष्टाचारमा लिप्त भएको कुराहरु बाहिर आउन सक्ने डरले लेखा अधिकृत महतोलाई हाजिर हुन नदिएको हुन सक्ने उनले गुनासो गरेका छन्। ज्ञान केन्द्रका प्रमुख महतोले कृषि सिँचाईमा वोर्डिङ्ग, बीउविजन लगायतको शिर्षकमा व्यापक अनियमितता गरेको र तत्कालीन लेखा अधिकृत अमर बहादुर भूजेललाई सेटिङ्गमा राखेको आरोप समेत लगाइएको छ । आर्थिक बर्ष सम्पन्न हुन मात्रै पाँच महिना बाँकी रहेको र यस्तो समयमा नयाँ लेखा अधिकृत आए कार्यालय प्रमुखले गर्ने भ्रष्टाचारको पर्दाफास हुने डरले समेत उनले लेखा अधिकृतलाई हाजिर हुन नदिएको स्रोतले बताएको छ ।