25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

सीटीईभीटी परीक्षा स्थगित गरेको विरोधमा जनकपुरमा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१३ माघ । सीटीईभीटी परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

- Advertisement -

सीटीईभीटीले आगामी माघ २७ गतेदेखि परीक्षा तोकेकोमा उक्त परीक्षा हालै स्थगित गरेको छ । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

पटक–पटक परीक्षा स्थगित गरेर ३ बर्षको कोर्षलाई ५ वर्षसम्म पुर्‍याउन चाहेको विद्यार्थीको भनाइ छ । उनीहरुले वैकल्पिक विधीबाट परीक्षा नभए भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्ने बताएका छन् ।

यसरी पनि नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुले बताए । डिप्लोमा तहमा अध्ययनरत सुमित यादवले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाइने र समयमै परीक्षा हुनुपर्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -