Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

धरान–१३ शिबधारामा सुमो दुर्घटना...

सुनसरी : धरान उपमहानगरपालिका–१३ शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु...

साताको पहिलो दिन सेयर...

काठमाडौं : आइतबार सप्ताहको पहिलो सेसनमा नेप्से परिसूचक सामान्य अंकले तल झरेको छ।...

मोरङ १३ वर्षीया अंशु...

मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले छिमेकी एक...

दार्चुलामा भूकम्प

दशरथचन्द (बैतडी) — दार्चुलामा भूकम्प भएको छ ।घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
16.8 C
Birgunj
spot_img

महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने घुम्ती शिविर सुरु

सिफारिस

वीरगंज , १८ चैत

पर्साको पोखरीया नगरपालीकाले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने घुम्ती शिविर सुरु गरेको छ । उपमेयर सलमा खातुनको नगरस्तरिय बजेटबाट सो शिविर घुम्ती शिविर सुरु भएको हो ।

महिलाहरुमा बढि आङ खस्ने र पाठेघर सम्बिन्धि क्यान्सर तथा संक्रमण हुने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविर सुरु गरिएको उपमेयर खातुनले बताइन । शिविरको पहिलो दिन आज शुक्रबार वडा नं. ३ बसन्तपुर स्वास्थ्यचौकीमा जम्मा ४८ जना महिलाहरुको निशुल्क चेकजाच गरिएको छ ।

जसमध्ये ६ जना महिलाहरु पाठेघर सम्बन्धि आङ खस्ने समस्या भएकाले शल्यक्रिया गर्नुपर्ने पोखरीया अस्पतालका डा. संजय गुप्ताले बताए । स्त्रि तथा प्रसुति रोग विशेषज्ञ डा. गुप्ताका अनुसार ति महिलाहरु शल्यक्रिया प्रदेशको स्वास्थ्य निदेंशनालय अन्तर्गत पोखरीया अस्पतालमा निशुल्क हने बताए । ग्रामिण महिलाहरुमा पाठेघरका समस्या बढि हुने गरेको तर आर्थिक अभावका कारण उपचार गराउन नसक्ने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविरको आयोजना गरिएको उपमेयर खातुनले बताइन ।

“ गाउँघरका महिलाहरुमा कामको चाप बढि हुने गरेको र सुत्केरी स्याहारमा खासै ध्यान नदिने भएकाले उनीहरुमा पाठेघरको समस्या बढि हुन गरेका देखीएको छ , ति महिलाहरुमा पाठेघर सम्बन्धि क्यान्सर जस्ता गम्भिर समस्या नहोस भन्ने उद्देश्यका साथ यो शिविर संचालन गरेकि हु । ”

दुइ दिने निःशुल्क शिविरको दोस्रो चरण को चेकजाँच आउँदो आइतबार बिहान १० बजे पोखरीया अस्पतालमा हुने स्वास्थ्य संयोजक कुशलेन्द्र मिश्रले बताए ।

ताजा समाचार

थप समाचार