शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

अध्ययन : टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्।

- Advertisement -

अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै टिकटक कम्पनीले सञ्चालनका लागि उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरिरहेको छ कि छैन भन्ने पनि छानविन गरिने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकाको प्रयोगका लागि प्राविधिक मञ्चहरूको जवाफदेहीता निर्धारण गर्न निर्देशन दिएका थिए । उनले कडा नियम बनाउन संसदलाई आग्रह गरेका थिए। आर्थिक वर्ष २०२३ सम्ममा सामाजिक सञ्जालबाट मानसिक स्वास्थ्यमा परेको असरबारे छानबिन गर्न ह्वाइट हाउसबाट ५० लाख डलर बजेट विनियोजन गरिएको छ ।

- Advertisement -

महान्यायाधिवक्ता विलियम टोङले टिकटकबाट हुने खतराप्रति लापरवाही गर्न नसकिने बताएका छन् । टिकटकको जाँचपछि सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्रामको पनि जाँच गरिने भएको छ । आवश्यक परेमा १३ वर्षमुनिका बच्चाहरूको लागि यो प्रतिबन्ध लगाइने छ वा उनीहरूका लागि छुट्टै संस्करण बनाउन आग्रह गरिनेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार