22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

साउथ जोनकी मुस्कानलाई जीवनभर पढाईदिने सोनु सुदको वाचा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २१ बैशाख-भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।

- Advertisement -

सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।

- Advertisement -

पर्साको बीरगन्जस्थित साउथ जोन माध्यमिक विद्यालयकी छात्रा तृप्ति मुुस्कान कर्णको जिवनभरको पढाईको जिम्मा सोनुु सुुदले लिएका छन् । कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्वीटरमा लेखेका छन् ।

अब सोनु फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।

कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका छन् ।

साउथ जोन माध्यमिक विद्यालयबाट यस वर्षको एसइई परिक्षा भर्खरै दिएकी मुुस्कानको आगामी पढाई आर्थिक अभावले राकिने पो हो कि भन्ने चिन्ता उनको परिवारलाई थियो । सोनुु सुुदको पढाई खर्चको जिम्मा लिने वचनले अहिले मुुस्कानको परिवारलाई राहत मिलेको छ ।

मुुस्कानका बुुबाले कोरोनाको पहिलो कहरमा कोरोनासँगको लडाईमा हार खाएर संसार त्यागेका हुन् । कक्षा ९ मा हुँदा बुुबा गुमाएकी मुुस्कानले विद्यालयको सहयोगले जसोतसो गरेर एसइई परिक्षा दिएकी हुन् । पढाईमा मध्यम मुुस्कान अतिरिक्त क्रियाकलापमा भने अब्बल छिन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -