बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

आईपीएल हैदरावादलाई हराउँदै दिल्ली पाँचौ स्थानमा उक्लियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२३ वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।

- Advertisement -

दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान रिसभ पन्तले २६ रन बनाए । बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुस्त सुरुवात थियो । विकेट पनि छिटोछिटो गुमे । हैदरावादका लागि ओपनर्स अभिषेक शर्माले ७ र कप्तान केन विलियम्सनले ५ रन मात्र बनाए । ३७ रन बनाउँदा उसको तीन विकेट गुमिसकेको थियो । यद्यपि एडेन मारकरमले ४२ र निकोलस पुरनले ६२ रन योगदान गरेका थिए ।

- Advertisement -

बलिङतर्फ दिल्लीका मोहम्मद खलिले ३ र शार्दुल ठाकुरले २ विकेट लिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार