बीरगन्ज,२७ बैशाख – स्थानिय तहको निर्वाचनको मौन अवधी आज राती १२ बजे देखि शुरु हुदैछ । मौन अवधी शुरु हुन अब केही समय मात्र बाकी रहदा पर्सामा आचार संहिता उल्लंघनका थुर्पै घटनाहरु सार्वजनिक भएको छ । उम्मेदवारहरु दिउँसो बिहना दिउँसो मात्र होइन् । राती १२ बजे पनि घरदैलो गरी रहेको दावी गरेका छन् । निर्वाचनमा बालवालिकाको प्रयोग देखि लिएर मापदण्ड भन्दा बाहिर गएर तुल व्यानर झुण्याउने कामहरु भएको छ । नेताहरुले एकले अर्कालाई पैसा बाडेको आरोप प्रत्यारोप लगाउँन थालेका छन् ।
पर्सा स्थित निर्वाचन आचार संहिता अगुमन समितिले रिट र निवेदन नपरेको भन्दै चुपी साधेर बसेको छ । निर्वाचन आचार सहिता उल्लंघन गरेको पाइएमा १ लाख सम्म जरिवाना हुने सक्ने तथा उम्मेदवारी समेत खारेजी हुने कानुनी प्रवधान छ । तर त्यसको पर्सामा खासै प्रभाव परेको देखिएको छैन् ।
बीरगन्ज महानगरपालिका,छिपहरमाई गाउँपाकिला,बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका लगायतका ठाउँहरुमा उम्मेदवारहरुले दिउँसो र बेलुका खुल्याम रुपमा भोजभतेर,मासु रक्सी खुवाएको तथा पैसा बाडेको समाचारहरु आएका छन् । तर जिल्ला स्थित निर्वाचन आचार संहिता अनुगमन समितिले खासै जनतालाई देख्ने गरी काम गर्न सकेको छैन् ।
अनुगमन समिति सदरमुकामा मात्र केन्द्रित रहेको देखिएको भए पनि मधेश प्रदेशको एक मात्र महानगरपालिका बीरगन्ज महानगरपालिकामा समेत पैसाको झोला बोकेर राती १२ बजे उम्मेदवार मतदाताको घरमा पुग्दा प्रहरीले सुरक्षा प्रदान गरेको तथा रेस्क्यु गर्ने काम मात्र गरेको देखिएको छ । मतदाताहरुले यस्ता घटनाहरुको निषपक्ष छानबिन गर्नु पर्ने तथा सत्य,तथ्य कुरा बाहिर सार्वजनिक गर्नु पर्ने माग गरेका छन् ।