25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

निर्वाचनको सबै तयारी पूरा, बीरगन्ज मनपाको मतगणना नृसिंह माविमा हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ बैशाख- आसन्न स्थानीय निर्वाचन २०७९ का लागि अब मात्र दुई दिन बाँकी छ । मंगलबार राति १२ बजेबाट मौन अवधि पनि शुरु हुदैंछ । स्थानीय निर्वाचनमा बाजी मार्न मतदाता रिझाउन दल र तिनका उमेदवारहरुले मंगलबारसम्म अन्तिम प्रयास गर्दैछन् । मंगलबार निर्वाचन लक्षित प्रचारप्रसारको अन्तिम दिन भएकाले सबै दल र उमेदवारहरुले अन्तिम कसरत गरिरहेका छन् । मंगलबार राति १२ बजेबाट भने मौन अवधि शुरु हुने भएकाले कुनै पनि माध्यमबाट दल र उमेदवारले चुनावी प्रचारप्रसार गर्दै भोट माग्न पाउने छैनन् । निर्वाचन आयोगले पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

- Advertisement -

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

यसैबीच, पर्सा जिल्लामा पनि निर्वाचनको अन्तिम तयारी पूरा भएको छ । निर्धारण गरिएका मतदान केन्द्रहरुमा तोकिएका निर्वाचन अधिकृतहरुलाई सबै मतदान सामाग्री जिम्मा लगाएर सबै मतदान केन्द्र पठाइएको र पठाउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ ।

पर्साको बीरगन्ज महानगरपालिकामा पनि सबै तयारी पूरा भएको छ । बीरगन्जमा तोकिएका १४३ वटा मतदान केन्द्र र ५५ वटा मतदान स्थलमा खटिने मतदान अधिकृत, कर्मचारी र सहायक कर्मचारी नियुक्त गरेर मतदान सामाग्री पठाउने क्रम जारी मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

यसैबीच, बीरगन्ज महानगरपालिकामा खसेको सबै मतको मतगणना बीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित नृसिंह माविमा हुने बीरगन्ज महानगरपालिकाका निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । प्रारम्भिक चरणमा ठाकुरराम बहुमुखी क्याम्पसलाई मतगणनास्थल बनाउने योजना भए पनि त्यहाँ मर्मतसम्भार कार्य भइरहेकोले सर्वदलीय सहमति अनुसार नृसिंह माविलाई बीरगन्जको मतगणनास्थत तोकिएको पौडेलले जानकारी दिए । तोकिएको मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउने, मतगणनाका लागि आवश्यक तयारी गर्ने काम भईरहेको उनले बताए । मतगणनास्थलको सुरक्षा व्यवस्थाका लागि तारजाली लगाउने र सिसिटिभी जोड्ने कार्य भइरहेको समेत उनले जानकारी दिए । पर्साका अन्य स्थानीय तहहरुको भने सोही स्थानीय तहका लागि तोकिएका निर्वाचन अधिकृतले सर्वदलीय सहमति गरेर सोही पालिकाको कुनै स्थानलाई मतगणनास्थल तोक्ने मुख्य निर्वाचन अधिकृत पौडेलले जनाए । अन्य पालिकाको सदरमुकाममा मतगणना नहुने सोही पालिकामा मतगणना गर्ने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

पर्साका १४ वटा स्थानीय तहहरुमध्ये सबैको ध्यान बीरगन्ज महानगरपालिकामा केन्द्रित छ । बीरगन्ज महानगरपालिकामा निवर्तमान मेयर विजय कुमार सरावगी र गठबन्धनका साझा उमेदवार राजेशमान सिंहका बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -