25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

पर्साका १४ स्थानीय तह : कुन तहको मतगणना कहाँ ? हेनुहोस्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७- बैशाख पर्र्र्सामा स्थानीय तह निर्वाचन २०७९ को सबै तयारी पूरा भएको छ । तोकिएका मतदान केन्द्र र मतदान स्थलमा खटिने मतदान अधिकृत, कर्मचारी र सहायक कर्मचारी नियुक्त गरेर मतदान सामाग्री पठाउने क्रम जारी मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

- Advertisement -

यसैबीच, बीरगन्ज महानगरपालिकामा खसेको सबै मतको मतगणना बीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित नृसिंह माविमा हुने बीरगन्ज महानगरपालिकाका निर्वाचन अधिकृत समेत रहेका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । प्रारम्भिक चरणमा ठाकुरराम बहुमुखी क्याम्पसलाई मतगणनास्थल बनाउने योजना भए पनि त्यहाँ मर्मतसम्भार कार्य भइरहेकोले सर्वदलीय सहमति अनुसार नृसिंह माविलाई बीरगन्जको मतगणनास्थत तोकिएको पौडेलले जानकारी दिए ।

तोकिएको मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउने, मतगणनाका लागि आवश्यक तयारी गर्ने काम भईरहेको उनले बताए । मतगणनास्थलको सुरक्षा व्यवस्थाका लागि तारजाली लगाउने र सिसिटिभी जोड्ने कार्य भइरहेको समेत उनले जानकारी दिए । पर्साका अन्य स्थानीय तहहरुको भने सोही स्थानीय तहका लागि तोकिएका निर्वाचन अधिकृतले सर्वदलीय सहमति गरेर सोही पालिकाको कुनै स्थानलाई मतगणनास्थल तोक्ने मुख्य निर्वाचन अधिकृत पौडेलले जनाए । अन्य पालिकाको सदरमुकाममा मतगणना नहुने सोही पालिकामा मतगणना गर्ने व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
पर्सा जिल्लाका बाँकी १३ स्थानीय तहहरुमा पनि सबै तयारी पूरा भएको सबन्धित पालिकाका लागि तोकिएका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् । बैशाख ३० गतेको निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थलमा आवश्यक तयारी पूरा भएको उनीहरुले जानकारी दिए । साथै, सबै पालिकामा सर्वदलीय सहमति गरेर मतगणना स्थलको पनि टुंगो लगाइएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुको जानकारी दिए । तोकिएको मतगणनास्थलको सुरक्षा प्रबन्ध मिलाउने, मतगणनाका लागि आवश्यक तयारी गर्ने काम भईरहेको उनले बताए । मतगणनास्थलको सुरक्षा व्यवस्थाका लागि तारजाली लगाउने र सिसिटिभी जोड्ने कार्य भइरहेको समेत निर्वाचन अधिकृतहरुको बताए ।

हेर्नुहोस्, पर्साका कुन स्थानीयमा कहाँ हुनेछ मतगणना ?

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -