25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

गठबन्धनरुपी लुतो निर्वाचनपछि पखालिनेछ : ईश्वर पोखरेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, २७ बैशाख-नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँचदलीय गठबन्धन बैशाख ३० गतेपछि पाँच तिर बाटो लाग्ने बताए ।

- Advertisement -

बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ३० गतेको स्थानीय निर्वाचनको मतपरिणामपछि पाँचतिर लाग्ने बताए । सतारुढ गठबन्धनलाई लुतोको संज्ञा दिँदै उनले निर्वाचन पछि पखालिने बताए । परमादेशले बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सय दिनको उपलब्धीमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेसँगै उनको असली चरित्र देखिएको पोखरेलको आरोप छ ।

स्वतन्त्रता दिवस नमनाउने विश्वको एकमात्र देश नेपाल रहेको स्मरण गराउँदै पोखरेलले राष्ट्रियताको विषयमा आँखा जुधाएर बोल्न सक्ने हैसियत भएको देशकै एकमात्र पार्टी एमाले भएको दाबी गरे ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती चौधरी उपमेयरका उम्मेदवार भोला अधिकारीले आफूलाई निर्वाचित गराए विकास निर्माणका कार्यसँगै शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -