शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

बीरगन्जमा नेकपा एमालेका उमेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्यायो : गठबन्धन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ बैशाख – बीरगन्जमा नेकपा एमालेका उमेदवारको हर्कतले राजनीतिक संस्कारलाई लज्जित तुल्याएको पाँच दलीय गठबन्धनले आरोप लगाएको छ ।

- Advertisement -

नेकपा एमालेका तर्फबाट बीरगन्ज महानगरपालिकाका मेयर पदका उमेदवार विजय कुमारी सरावगी सोमबार राति बीरगन्ज –१६, नगवामा पुगेको बेला मध्यरातमासमातिएर जनताको प्रतिवादमा परेको घटना सम्पबन्धमा विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारलाई नियन्त्रण तथा मर्यादामा राख्न पाँच दलीय गठबन्धनले नेकपा एमाले पार्टीलाई समेत आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ “आम मतदातालाई प्रभावित बनाउन पैसाको खेल कदापी स्विकार्य हुन सक्दैन, यस्तो हर्कत आइन्दा नगर्न नगराउन सम्बन्धित उममेदवारलाई चेतावनी दिन चाहन्छौं ।”

- Advertisement -

लोकतान्त्रिक ब्यवस्थाको प्राण मानिने आवधिक निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र कुनै पनि किसिमको अवान्छित गतिबिधिबाट मुक्त राख्न जरुरी हुन्छ भन्दै बीरगन्जमा पाँच दलीय गठबनधनको तर्फबाट प्रेस विज्ञप्ति जारी भएको हो ।
निर्वाचन आचारसंहिता विपरित भइरहेको यस्ता गतिविधि रोक्न स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालय र सूरक्षा निकायको भुमिका सन्तोषजक नभएको भन्दै विज्ञप्तिमा ध्यानाकर्षण समेत गराइएको छ ।

नेपाली काँग्रेसका पर्सा उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य शेष चाँदताराद्वारा विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -