25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

एमाले पर्सा भन्छ: मत माग्न पाउने संवैधानिक अधिकार समेत कुण्ठित हुने हर्कत भयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २७ बैशाख-नेकपा एमाले पर्साले मत माग्न पाउने संवैधानिक अधिकार समेत कुण्ठित हुने हर्कत भएको भन्दै सोमबार राति बीरगन्जको नगवामा भएको घटनाप्रति निन्दा प्रकट गरेको छ ।

- Advertisement -

एमाले पर्सा इन्चार्ज प्रभु हजराले मंगलबार विज्ञप्तिमा जारी गर्दै निर्वाचनमा उम्मेदवारले मतदातालाई सन्तुष्ट पारेर उनीहरूको मत आफूलाई हाल्न आग्रह गर्ने कुराको ग्यारेन्टी संविधानले गरेको भन्दै पार्टीका मेयर पदका उमेदवार सरावगीसँग राजेशमान सिंहका कार्यकर्ताले गुण्डागर्दी शैलीमा गरेको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

एमालेका मेयर उमेदवार सरावगीसँग गएका सहकर्मीलाई पनि घेरा हालेर निर्घात रुपमा कुटपिट गरिएको एमालेले जनाएको छ । एमालेका उमेदवार सरावगीलाई अवरोध सृजना गरी घन्टौंसम्म घेराबन्दीमा राखेको र प्रहरीले उद्दार गरेर ज्यान जोगाउनु परेको भन्दै एमालेले यस्तो भयपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा मताधिकार कसरी प्रयोग हुन्छ भन्ने प्रश्न उठेको बताएको छ ।

राज्यको गैरजिम्मेवार र निकम्मापनका कारण सृजित यस्ता निषेधको राजनीति गर्ने पात्रहरुलाई कानूनी कारवाहीको दायरामा ल्याई अविलम्ब कारवाही गर्न एमाले माग गरेको छ ।

अराजक शैलीमा प्रस्तुत भएकाहरुले उन्मुक्ति पाउनु र त्यही वडाका नगर परिषद सदस्य सन्तोष गुप्तालाई प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राख्नुले सरकार पनि निष्पक्ष निर्वाचनको पक्षमा नरहेको हो कि भन्ने आशंका उत्पन्न भएको एमालेले जनाएको छ ।

एमालेको शालिनतापूर्ण आग्रहलाई बेवास्ता गरे त्यसबाट निस्किने सबै परिणामको जिम्मेवारी स्थानीय प्रशासनले लिनु पर्ने चेतावननी पनि एमालेले विज्ञप्ति मार्फत दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -