22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

लखनउलाई हराउँदै गुजरात आईपीएलको प्लेअफमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ वैशाख । इण्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराएको छ । यस जितका साथ जारी आईपीएलको प्ले अफमा स्थान बनाउने पहिलो टिम गुजरात बनेको छ ।

- Advertisement -

पहिले ब्याटिङ गर्दै गुजरातले चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो । शुभमन गिलले अविजित ६३ रन बनाए । यसैगरी डेभिड मिलरले २६ र राहुल तेबतियाले २२ रन बनाए । कप्तान हार्दिक पाण्ड्या भने ११ रनमा आउट भए ।

- Advertisement -

बलिङतर्फ लखनउका मोहसिन खानले चार ओभरमा १८ रन दिएर १ विकेट लिए । १४५ रनको विजय लक्ष्य पछ्याएको लखनउको सुरुवातदेखि नै खराब प्रदर्शन रह्यो । लखनउ १३.५ ओभरमा ८२ रनमा समेटियो ।

क्विन्टन डिकक, दीपक हुड्डा र आवेश खान बाहेक अन्यले दुई अंकको रन पनि बनाउन सकेनन् । कप्तान लोकेश राहुल केबल ८ रनमा आउट भए ।

बलिङतर्फ गुजरातका राशिद खानले ३.५ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -