25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घन्टे स्पष्टीकरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

- Advertisement -

जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो ।

सरागवीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो ।

आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो ? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो ? भनी सरावगलीलाई स्पष्टीकरण सोधेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -