25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

- Advertisement -

श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक हप्ताभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ । ७३ वर्षका विक्रमासिंघेले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने र राजनीतिक अस्थिरता अन्त्य गर्ने जिम्मेवारी पाएका छन् ।

सन् १९९३ देखि विक्रमासिंघे पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । पेशाले कानुन व्यवसायी रहेका विक्रमासिंघे ७० को दशकदेखि राजनीति सुरु गरेका थिए । उनी पहिलो पटक सन् १९७७ मा श्रीलंकाको संसदमा निर्वाचित भएका थिए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -