25.1 C
Kathmandu
Monday, May 16, 2022
24.1 C
Kathmandu
35.3 C
Birgunj

बीरगन्जमा करिब ७५ प्रतिशत मत खस्यो, गणना भोलिबाट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० बैशाख-पर्साका १४ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा चर्चा र चासो रहेको स्थानीय तह बीरगन्ज महानगरपालिकामा मतदाताहरुले उत्साहजनक रुपमा मतदान गरेका छन् । बीरगन्जमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । केही ठाउँमा भने सामान्य रुपमा विवाद भएको छ ।

- Advertisement -

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तथ्यांकगत रुपमा बीरगन्जमा करिब ७५ प्रतिशत मत खसेको छ । यद्यपि, यो तथ्यांक प्रारम्भिक मात्र भएको उनले बताए । विवरण संकलनको काम भईरहेको उनले थपे ।

अन्य वडामा केही सामान्य विवाद भए पनि बीरगन्ज महानगरपािलका वडा नम्बर २८ स्थित बगहीको मतदानस्थलमा भने केही बेर स्थिति तनावग्रस्त बनेको थियो ।

दुई पक्षका कार्यकर्ताले लाइनको विषयमा विवाद सुरु गरेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो । प्रहरीले दुई पक्षलाई सम्झाई बुझाई गरेपछि भने मतदान पुनः सुचारु भएको थियो ।

यसैबीच, बीरगन्ज महानगरको मतगणना भने शनिबारदेखि मात्रै शुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
महानगरको मतगणना शुक्रबार रातिदेखि सुरु गर्न सक्ने स्थिति नै नरहेको पौडेलले बताए । सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका मतगणना स्थलमा ल्याउन शुक्रबार अबेरसम्म लाग्ने भएको शुक्रबारबाटै मतगणना प्रारम्भ गर्ने सम्भावन कम रहेको पौडेलले बताए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

थप समाचार

- Advertisement -