बीरगन्ज, ३१ बैशाख – पर्सामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । धोबिनी गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बन्धु साह तेली निर्वाचित भएका छन् । तेली ५ सय ७४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले ४ सय ७७ मत ल्याएका छन् ।
उक्त वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला एक सदस्यमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् भने बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।