बीरगन्ज,३१ बैशाख – पर्साको छिपहमाई गाउँपालिकाको पछिल्लो मतगणनाको नजिता अनुसार अध्यक्षमा जनता समाज पार्टीले लिड गरी रहेको छ ।
वडा नं. १ काे मतगणना भईरहदा जसपाले अध्यक्ष पदमा ५८३ मत प्राप्त गरेको छ । त्यसैगरी काग्रेसले ३१० र नेकपा एमालेले ३९५ मत प्राप्त गरेको छ । वडा नं. १ मा वडा अध्यक्षमा काग्रेसका उम्मेदवार भुलटुन यादवले ४९६ मत प्राप्त गरी अग्रता लिएका छन् भन् जसपाले ४१४ र नेकपा एमालेले ३६६ मत प्राप्त गरेको छ । अहिले वडा नं. १ मत गणना भइरहेको छ ।