बारा,३१ बैशाख – बाराको महागढीमाई नगरपालिकाको मतगणना स्थलमा नगरपालिका कर्मचारीहरुलाई राख्न दलहरुले नमाने पछि मतगणना अझै शुरु हुन सकेको छैन् ।
मतगणनाको लागि बाहिरबाट कर्मचारी मगाउँन दलहरुले अडान लिए पछि मतगणनामा ढिलाई हुने संकेत देखिएको छ । मतगणना बिहानै देखि शुरु हुने भनिए पनि अहिले सम्म शुरु हुन सकेको छैन् । मतगणनाको लागि सर्वदलिय बैठकमा केहि दलमा प्रतिनिधिहरुले नगरपालिकाको कर्मचारीहरुलाई गणना कार्यक्रममा सहभागी गराउन नहुने भन्दै बिवाद गरे पछि अहिले सम्म गणना शुरु हुन सकेको छैन् ।
निर्वाचनका कर्मचारीहरुले सहमतीको प्रयास गरी रहेको भए यो समाचार तयार गर्दा सम्म सहमती हुन सकेको छैन् । मतगणना स्थल श्री गढीमाई बहुमुखि क्याम्स वरिपरी बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताको भिड लागेको भए पनि गणना अहिले सम्म शुरु नभएको हाम्रा सहकर्मी रामाशंकर कुशवाहाले बताए ।