शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रहरीद्धारा भन्सार छलीका सामानसहित...

बीरगन्ज,०७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान...

पर्साका कुनै पनि स्थानीय...

बीरगन्ज,०७ वैशाख । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएको एक साता बितिसक्दा पनि...

पम्पम बिल्डिङबाट १ करोड...

बीरगन्ज,०७ वैशाख । पर्सा प्ररीले हिजो बीरगन्जको पम्पम बिल्डिङबाट छापामारी गरी बरामद कपडा...

बैंकहरूको नाफामा गिरावट, नेपाल...

काठमाडौं,०७ वैशाख । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट...
26.1 C
Kathmandu
38 C
Birgunj

सर्लाही – मेयर र उपमेयरमा पनि कांग्रेसकै अग्रता

सिफारिस

जनकपुरधाम, वैशाख ३१ । सर्लाहीको मलंगवा नगरपालिकास्थित एक वडामा नेपाली कांग्रेसको वडाध्यक्ष पदका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

- Advertisement -

मलंगवा नगरपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेसका नवल किशोर यादव ४३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका राजकिशोर रायले ४१९ मत ल्याएका छन् । वडाध्यक्ष सहित सबै सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिसकिएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले बताए ।

- Advertisement -

यस्तै मेयर र उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले नै अग्रता कायम गरेका छन् । मेयर कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद यादवले ४५५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका निरसल साहले ३६६ मत ल्याएका छन् । यस्तै एमालेका शमिम खाँले ६६ मत पाएका हुन् ।

उपमेयरमा कांग्रेसकी शकुन्तला देवी साहले ४१८, जसपाकी पानो देवीले ३७३ र एमालेकी चुनु देवी चौधरीले ५ मत प्राप्त गरेकी छन् ।
वडा नम्बर–१ को मतपरिणाम आइसकेको र अब वडा नम्बर–२ र ३ को मतगणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत पियाले बताए ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार