बारा, १ जेठ- बाराको करैयामाई गाउँपालिका वडा नं. ८ को वडाध्यक्ष नेकपा एमालेबाट उमेदवारी दिएका दिनेश चौधरी विजयी भएका छन् ।
उनले १२१४ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका सुरेन्द्र साहले ११४५ मत मात्र प्राप्त गरे । अहिले सम्मको मतगणनाको ताजा अवस्था अनुसार गाउँपालिका अध्यक्षमा जसपाका शम्भु यादवले अग्रता लिएका छन् भने उपाध्यक्षमा जसपाकै अग्रता छ ।
ताजा अवस्था अनुसार जसपाका गापा अध्यक्ष उमेदवार यादवले ११५३ र उपाध्यक्ष जसपाले नै ११६४ मत प्राप्त गरी लिएको छ । यस्तै, गापा अध्यक्षका नेकपा एमालेका उमेदवारले ८०८ र उपाध्यक्षका उमेदवारले ८२७ प्राप्त गरी पछ्याईरहेका छन् ।