22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बीरगन्जको भिस्वा डाँडामा सरसफाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ जेठ- बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बीरगन्जको भिस्वा डाँडामा सरसफाई गरिएको छ । बौद्ध जयन्ती समारोह समिति, बीरगन्ज बौद्ध समिति र बीरगन्ज पब्लिक कलेजका विद्यार्थीहरुले भिस्वा डाँडामा सरसफाई गरेका हुन् ।

- Advertisement -

जेठ २ गते परेको गौतम बुद्धको २५६६ औँ जन्मजयन्ती मनाउनका लागि भिस्वा डाँडामा सरसफाई गरिएको प्राध्यापक डा. दीपक शाक्यले बताए ।

- Advertisement -

सोमबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा शोभा यात्रा एवं बुद्ध पुजासँगै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिदैंछ ।

भिस्वा डाँडा आफैमा ऐतिहासिक स्थल भएपनि संरक्षण र संवद्र्धनको अभावमा ओझेलमा परेको हुँदा अबको निर्वाचनपछि आउने जनप्रतिनिधिलाई संरक्षण तथा मर्मत सम्भारका लागि ध्यानाकर्षण गराउनका लागि दबाब दिन पनि कार्यक्रमको आयोजना गरिएको डा. शाक्यको भनाई छ ।

प्राध्यापक हरी वैद्य, नेवा दबु बीरगन्जका अध्यक्ष तारामान पति, रुपेश मानन्धर, गणेश लामासहित बीरगन्ज पब्लिक कलेजका विद्यार्थीहरु सरसफाईमा सहभागी थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -