22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

बर्दिबासको तीन वडा स्वतन्त्र उम्मेदवारको कब्जामा

सिफारिस

जनकपुरधाम, जेठ २ । महोत्तरीको बर्दिबास नगरपालिकामा चारवटा वडाको मतगणना परिणाम सार्वजनिक हुँदा तीनवटामा स्वतन्त्र उम्मेदवारले नै कब्जा जमाएका छन् ।

- Advertisement -

तीनवटा वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हात पारेका हुन् ।

- Advertisement -

हालसम्म वडा नं. १ ७, ८ र १४ को मतपरिणाम सार्वजनिक भएको छ। जसमा वडा नं. १ बाहेक तीनवटै वडमा स्वतन्त्र (जेब्रा) छापबाट विजयी भएका छन् । जसमा दुईवटा वाडमा एक मतले माओवादी केन्द्रका उम्मेदारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजय भएका हुन् ।

वडा नं. १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भोला खड्का निर्वाचित भएका छन्। उनले ८९६ मत ल्याएर निर्वाचित भएका हुन्।
खड्काले ४२४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार बाबुकाजी चौलागाईंलाई पराजित गरेका हुन् । बाबुकाजीले ४७२ मत ल्याएका छन्।

त्यस्तै वडा नं. ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव (भोरिल) निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र कुमार सिंहलाई पराजित गर्दै विजयी भए।

यादवले ७२७ ल्याउँदा पराजित नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७२६ मत ल्याएका छन्।

त्यस्तै वडा नं. १४ मा स्वतन्त्र उम्मेदवार विजय महतो निर्वाचित छन्। उनले ५ सय ८ मत प्राप्त गरी महतो विजयी भएका हुन्।
महतो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतप्रसाद हमाललाई १ मतले पछि पार्दै जित हात पारेका हुन्।

हमालले ५ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

स्वतन्त्रबाट वडामाजितेकाहरु बर्दिबासकै कांग्रेसबाट मेयरका बागी अर्थात् स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको प्यानलबाट उम्मेदवारी दिएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -