बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

अब पाम र पामोलिन तेल आयात गर्दा १० प्रतिशत मात्रै भन्सार शुल्क तिर्नुपर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ जेठ । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ ।

- Advertisement -

बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा १५ प्रतिशत र कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क थियो ।

बजेटको नयाँ नीति पछि अब वनस्पती घ्यु, तेल, उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत नै यथावत छ । सरकारको नीतिले बिस्कुट, चाउचाउ लगायतका उद्योगको उतपादन लागत घटाउन मद्धत मिल्नेछ ।

- Advertisement -

सरकारले गरेको भन्सार दर हेरफेरपछि वनस्पति घ्यु तेल उद्योगीले भने सरकारको आलोचना गरेका छन् । भन्सार दर हेरफेरले आफ्ना उद्योगहरु संकटमा पर्ने दाबी नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको छ । संघले निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘प्रशोधित तेलका कारण मुलुकमा मूल्य अभिवृद्धि र अन्य बाइप्रडक्ट पनि उत्पादन भएको छ,’ संघले भनेको छ, ‘यसले विदेशी मुद्रा बाहिरिन थप मद्धत मिल्छ ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -