मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
18.1 C
Kathmandu
27.3 C
Birgunj

विपद्का घटनामा परि दुई महिनामा ६५ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३१ जेठ । पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् ।

- Advertisement -

पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो । पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् ।

दुई महिनामा विपद्का घटनाबाट ८९९ परिवार प्रभावित भएका छन् । विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

- Advertisement -

वैशाख र जेठमा विपद्का घटनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जंगल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार