29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

माैसम अपडेट : प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

- Advertisement -

राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

- Advertisement -

शुक्रबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -