23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

कालिकामाई गाउँपालिकामा अख्तियारको टोली,पुरानो फाईल खुल्ने देखिएपछि नवर्तमान जनप्रतिनिधिहरु बिच खैलाबैला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१ असार – पर्साको कालिकामाई गाउँपालिकामा कार्यसम्पन्न भएको पुरानो फाईल खुल्ने भएको छ । आर्थिक बर्षको समाप्तीतिर अख्तियारको टोली कालिमाई गाउँपालिकाको कार्यालयमा पुगेको हो । स्थानिय तहको निर्वाचनपछि अख्तियरारको पहिलो निशानामा कालिकामाई गाउँपालिका परेको छ । पुरानो उजुरीहरु उपर छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली बुधवार कालिकामाई गाउँपालिकाको कार्यालयमा पुगेको हो ।

- Advertisement -

गाउँपालिकाको विभिन्न योजनामाथी परेको उजरीको सम्बन्धनमा छानविन गर्न अख्तियारको बिज्ञ सहितको टोली गाउँपालिकाको कार्यालयमा पुगेको आयोग हेटौंडाका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो । कालिकामाईमा पुगेको अख्तियारको टोलीले गत आर्थिक बर्षमा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको पालामा वडा नम्बर ३ हरिहपुरमा निर्माण भएको पुल र सडक ढलानको स्थलगत निरिक्षण गरेको छ ।

- Advertisement -

स्थलगत निरिक्षणको क्रममा अख्तियारको प्राविधिकले मापदण्ड अनुसार सडक र पुल निर्माण भए, नभएको बारेमा चेकजाँच गरेको गाउँपालिका अध्यक्ष वशिष्ट गुप्ताले बताए । पुल ४० लाखको लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएको थियो । पुल मापदण्ड र स्टिमेट अनुसार निर्माण नभएको उजरी परेपछि अख्तियारको टोली योजना निर्माण स्थल मै पुगेर छानविन गरेको हो । गापा अध्यक्ष गुप्ताले अनुगमनको क्रममा कमसल काम भएको पाईएको बताउँदै अख्तियारको टोलीलाई अनुसन्धानको क्रममा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

अख्तियारको टोलीले उजुरी परेको सबै पुरानो योजनाहरुको फाईल खुल्ने तथा दोषी देखिएको खण्डमा कानुनी कारवाहीको लागि जनप्रतिनिधि देखि ठेकेदारहरुलाई समेत कानुनी कटघरामा उभ्याउनु बताए । गाउँपाकिलामा संचालन भएको योजनाहरुको स्थलगत अनुगम गरेपछि कमसल काम गरेका ठेकेदार देखि निवर्तमान जनप्रतिनिधिहरु बिच खैलाबैला मचिएको छ । गाउँपालिका कार्यालयमा अख्तियारको टोली पुगेपछि अख्तियारको टोलीलाई भ्रमित पार्न दलालहरु सक्रिएको भएको स्थानिय अगुवाहरुले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -