बीरगन्ज,१ असार – बीरगन्जको रानीघाट स्थित न्यु पुजा पुस्तक भण्डारले तोकेको मुल्य भन्दा बढी दाममा पुस्तक बिक्रि वितरण गरी लाखौ रुपैयाको ठगी गरेको छ । नयाँ शैक्षिक सत्रको बेलामा निजि स्कुलका संचालक तथा प्रिन्सिपलहरुलाई आर्थिक प्रलोभनमा पारी भण्डारले पुस्तकहरु परिवर्तन गर्ने गरेको तथा अभिभावकहरुसँग मनलाग्दी रकम असुली गर्ने गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भएको बेला देखि नै भण्डारले एमआरपी बिनाका पुस्तकहरु बिक्रि बितरण गरी अभिभावकलाई ठगी गरेको छ ।
नेपाल सरकार शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी,भक्तपुर प्रकाशक रहेको तथा जनक शिक्षा समाग्री केन्द्र लि. मुद्रक रहेको सरकारी समुदायिक बिद्यालयको पुस्तक पनि मुल्य भन्दा बढी दाममा भण्डार बिक्रि वितरण गरी रहेको अभिभावकहरुको भनाई छ । भण्डारले मुल्य नछापिएको पुस्तकहरु आफु खुशी मुल्य राखी बिक्रि गरीरहेको गुनासो गर्न थालेपछि न्यु पुस्तक भण्डारमै किताव किन्न पुगेको नेपाल पोष्टको टालीसँग पनि भण्डारले तोकेको मुल्य भन्दा बढी दाम लिएको थियो । समुदायिक बिद्यालयको कक्षा ९ काे नेपाली पुस्तकको सरकारी मुल्य १०९ रुपैया तोकिएकोमा भण्डारले १५० देखि १६० रुपैयामा बिक्री गरी रहेको छ । कक्षाा ९ काे अग्रजी पुस्तकमा एमअापी लेिखएकाे छ । नेपालीमा लेखिएकाे छैन् ।
त्यतीमात्र नभई भण्डारले निजि स्कुलमा दिने गरेका पुस्तकहरुमा पनि मुल्य नरहेको तथा आफुखुशी अभिभावकसँग रकम असुली गरी रहेको छ । भण्डार बिक्री गरी रहेको त्रिज्योती प्रकाशनको कितावहरु समेत एमआरपी नरहेको तथा आफ्नो पसलको नाममा झोला बनाई झोलामाथी मुल्य लेखेर आफ्नो अनुकुल रकम लिने गरेका छन् । भण्डारले बीरगन्जमा बिक्रीका लागि सकार गरेको प्रकाशन समुहका पुस्तकहरु खासै गतिलो नरहेको भएपनि स्कुलका संचालक तथा प्रन्सिपलहरुलाई मोटो रकम दिएर पुस्तक स्कुलहरुमा लगाउने गरेको छ ।
भण्डारले बिद्यार्थी संख्याको अधारमा ५ लाख देखि ठूला स्कुलका संचालकहरुलाई १० लाख सम्मको कमिसन दिने गरेको छ । एकजना पुस्तक एक जना शिक्षक अनुसार पुस्तकको व्यापार ठूलो आर्थिक भ्रष्टाचार रहेको भएपछि नियमन निकाय समेत आर्थिक प्रलोभनमा परी मौन वस्ने गरेकाे गुनासाे गरे । यस बिषयमा बीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा बुझदा शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले अनुगमन गर्ने बताएपनि हाल सम्म शिक्षा महाशाखा एव बणिज्य कार्यालय समेतको टोलीले कुनै अनुगमन गरेको छैन् ।