21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०२ असार । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।

- Advertisement -

आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।

- Advertisement -

बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ ।

बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ ।

यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । ३ अर्ब लागत रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -