21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

सेयर बजार १२ अंकले वृद्धि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ असार । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए ।

- Advertisement -

बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ कारोबार भएको छ ।

- Advertisement -

बिहीबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको मूल्य ५४२.५० रुपैयाँ पुग्यो । रिभर फल्स पावरको मूल्य ९.९७ प्रतिशतले बढेर २९० रुपैयाँमा पुग्यो । सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ९.९६ प्रतिशत बढ्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ ।

राष्ट्र उत्थान लघुवित्त, माउण्टेन इनर्जीसहितका कम्पनीको मूल्य समेत धेरै घटेको छ । बिहीबार सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -