24.1 C
Kathmandu
Thursday, July 7, 2022
24.1 C
Kathmandu
32.7 C
Birgunj

एसपीपी सम्झौता ओलीको पालामा भएको प्रमाणित गर्न प्रचण्डलाई एमालेको चुनौती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एसपीपी सम्झौता केपी ओलीको पालामा भएको प्रमाणित गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चुनौती दिएको छ ।

- Advertisement -

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी स्वीकार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

- Advertisement -

बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर बोल्दै ओली सरकारका उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पोखरेलले गठबन्धनको नेताहरुले झुटो बोलेको बताका छन् ।

बिहीबारै एक सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको दाबी गरेका थिए ।

प्रचण्डको उक्त भनाई तर्फ संकेत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिएँ । यस विषयमा कुनै सकारात्मक कुरा, लिखत, वक्तव्यहरु माइन्युट छन् भने यो संसदसमक्ष प्रस्तुत गरियोस् । त्यसको पूर्ण जवाफदेही लिन हामी तयार छौं ।’उनले अघि भने, ‘हिम्मत छ भने केपी ओलीको पालामा भएको हो भनेर प्रस्तुत गर्नुस् । होइन भने उहाँले गैरजिम्मेवार ढंगले बोलेकोमा क्षमा माग्नुपर्छ ।’

पोखरेलले एसपीपी सम्झौता ओलीको पालामा भएको थियो भन्ने प्रचण्डको भनाइको खण्डन समेत गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -