21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

एसीसी टी-ट्वान्टीः नेपालको उत्कृष्ट सुरुवात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । मलेसियामा शुक्रबारबाट सुरु भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनशीपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको हो ।

- Advertisement -

९५ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभर ५ बलमा ४४ रनमै सिमित भयो । भुटानका लागि छिरिङ जाङ्मोले सर्वाधिक १६ रन जोडिन् । नेपालका लागि संगिता राईले सर्वाधिक ४ विकेट लिदाँ कविता कुँवर र सिता रानामगर समान २-२ विकेट हात पारे । इन्दु बर्मा र अस्मिना कर्माचार्य १-१ विकेट लिए ।

- Advertisement -

यसअघि मलेसियास्थित युकेएम-वाईयसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन तथा कप्तान रुविना क्षेत्रीले २१ रनको योगदान गरे । इन्दु बर्माले २० रन, डोली भट्टले ५, सिता रानामगरले ४, ममता चौधरीले ३ र विन्दु रावलले १ रन जोडे ।

भुटानका लागि सोनाम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी चेकीले १-१ विकेट हात पारे ।

नेपालले दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्नेछ ।

च्याम्पियनसिपमा १० टिमको सहभागिता रहको छ । च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -