22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री खड्का

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै मन्त्री खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका हुन् ।

- Advertisement -

उनले अन्त्य भइसकेको विषयलाई कोट्याएर बस्नु उचित नहुने बताए । एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणमार्फत नेपाललाई एसपीपी स्वीकार्य नहुने भनिसकेको उल्लेख गर्दै कुनै पनि हालतमा एसपीपी अघि बढ्न नसक्ने बताए ।

- Advertisement -

उनले सबैले नेपालको स्वाभिमान र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने पनि बताए । ‘यो सकिसकेको च्याप्टर हो । यो अघि बढ्ने छैन, बढाइने छैन । यसबारेमा हिजो मात्रै पनि प्रधानमन्त्रीको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले नेपाललाई एसपीपी सम्झौता नेपाललाई स्वीकार्य हुँदैन भनिसक्नुभएको छ,’ उनले भने, ‘नेपाली सेनाको प्रेस विज्ञप्ति आइसकेको छ । स्वयं अमेरिकी दूतावासबाट पनि कुराहरू आइरहेका छन् । प्रधानमन्त्रीजीले यो अघि बढ्दैन भनिसक्नुभएको छ । यो त एउटा टुंगेको विषय हो । यसमा हामीले बारम्बार खोतल्न हुँदैन । हामी आफैँ स्वाभीमान र आत्मविश्वासका साथ अघि बढौं ।’

मन्त्री खड्काले सरकार मुलुकको सार्वभोमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षाको सम्बन्धमा गम्भीर रहेको पनि स्पष्ट पारे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -