21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.3 C
Birgunj

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् ।

- Advertisement -

उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

- Advertisement -

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने बताए । त्यसक्रममा उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -