21.1 C
Kathmandu
Thursday, June 30, 2022
21.1 C
Kathmandu
25.7 C
Birgunj

प्रतिनिधिसभामा तीन विधेयक पेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ असार । प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् ।

- Advertisement -

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन)ं विधेयक, २०७९’ पेश गरे ।

- Advertisement -

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरे।

प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -