21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

एसीसी च्याम्पियनसिपमा नेपाल २५ रनले विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ असार । शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २७ रनले पराजित गरेको हो। नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले सात विकेटको क्षतिमा ८२ रन मात्रै बनायो।

- Advertisement -

कुवेतका लागि प्रियदा मुरालीले ३१, मरियामा हैदरले १६ र अन्ना शरिफ तरिकले १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

- Advertisement -

नेपालका लागि सीता राना मगरले दुई, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक-एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १०७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले ३४, इन्दु बर्माले २८, ज्योती पाण्डेले १५ र विन्दु रावलले ११ रन बनाएका थिए।

यो जितसँगै नेपालले चार अंक जोडेको छ। नेपालले समूह ‘बी’को शीर्षस्थानमा छ। नेपाल तेस्रो खेलमा आइतबार बिहान ८ः४५ बजे बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -