बीरगन्ज, ४ असार-निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन पर्साले बीरगन्जमा शनिबार आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । प्याब्सन पर्साले तयार पारेको वार्षिक कार्य योजना र सामाजिक कार्य अन्र्तगत आयोजना गरिएको कार्यक्रत्रममा १० जना महिलासहित ५१ जनाले रक्तदान गरेको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।
कार्यक्रममा प्याब्सन नगर अध्यक्ष आलोक चौरसियाले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले रक्तदान गर्ने किट प्रदान गरी रक्तदान कार्यक्रमको शुुरुवात गराएका थिए । यस्तै, प्याब्सन पर्साकी कोषाध्यक्ष सुशीला साह, प्रवक्ता अशोक संग्रौला, सदस्य अमित आलोक, सदस्य प्रविन चौधरी, नगर कोषाध्यक्ष सुरज पटेल, रोशनी श्रेष्ठ, दिपक गुुप्ता, लगायत गरी ५१ जनाले रक्तदान गरेका हुन् ।
प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा भएको कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य छेदुुप लामा, मधेश प्रदेश उपाध्यक्ष श्याम केसी, सल्लाहकारद्वय मनि पाख्रिन र लालबाबुु पटेल, जिल्ला उपाध्यक्ष शिव गुुप्ता, जिल्ला सचिव राहुुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रम प्याब्सन पर्साका सहसचिव विरेन्द्र यादवको संयोजकत्वमा सम्पन्न भएको हो ।