25.1 C
Kathmandu
Thursday, July 7, 2022
25.1 C
Kathmandu
35.3 C
Birgunj

बजेट पुस्तिका नहुँदा मधेश प्रदेशमा बजेटमाथि छलफल शुरू भएन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०५ असार । सरकारले बजेट प्रस्तुत गरेको चार दिन बितिसक्दा पनि बजेट पुस्तिका प्रकाशन गरेको छैन। बजेट प्रस्तुत गरिएसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा बैठक पुनः कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। सांसदहरूले बजेट पुस्तिका प्राप्त गरेपछि मात्र बजेटमाथि दफावार छलफल शुरू हुन्छ।

- Advertisement -

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक परमेश्वर साहले सरकारले पुस्तिका उपलब्ध गराउन एक साताको समय मागेकाले प्रदेश सभा बैठक बस्न ढिलाइ भइरहेको बताए। “बजेट प्रस्तुत गरेको दिनदेखि एक साता अब बित्न लागेको छ,” उनले भने‚ “योजना पुस्तिका उपलब्ध गराएसँगै छलफल शुरू हुनेछ।”

- Advertisement -

अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएको कारण सदन सञ्चालन हुन नसकेको प्रदेश सभाका सचिव रञ्जित यादव बताउँछन्। “सरकारले रेडबूक उपलब्ध गराएपछि सदन सञ्चालन हुनेछ‚” उनले भने, “यसै हप्ता रेडबूक आउनेछ।”

अर्थमन्त्री शैलेन्द्र साहले असार १ गते प्रदेश सभामा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए। कुल विनियोजनमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार, वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २०० रुपैयाँ रहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -