25.1 C
Kathmandu
Thursday, July 7, 2022
25.1 C
Kathmandu
35.3 C
Birgunj

आदर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०५ असार । आदर्श लघुवित्तको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री बन्द आइतबार कार्यालय समयपछि हुनेछ ।

- Advertisement -

नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा कटौती गरेकाले चार कारोबार दिन आइतबार पुग्ने भएकाले सो दिनसम्म मात्र सार्वजनिक निष्कासन खुला हुन लागेको हो ।

- Advertisement -

यसअघि बिक्री प्रबन्धक बिओके क्यापिटलले सरकारले आइतबारको सार्वजनिक बिदा सूचनालाई आधिकारिक मानी आइतबार बिदा रहेकाले २३ जेठमा आह्वान पत्र प्रकाशित गरेको थियो । सो सूचनामा आईपीओ निष्कासन तथा बिक्री बन्द हुने मिति छिटोमा ६ असार उल्लेख थियो । बिदा कटौतीसँगै आवेदन समय पनि एक दिन घटेर आइतबार नै आईपीओ निष्कासन बन्द हुन लागेको हो ।

१ असारदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त हुन आएकाले ५ असार बैंकिङ समयपछि सो सेयरका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ । कटौती गरेकाले यो निष्काशन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयलाई समेत आइतबार कार्यालय समयसम्म मात्र साधारण सेयरका लागि दरखास्त बुझि लिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

आदर्श लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -