22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

सिर्सियाकाे प्रदूषण नियन्त्रणका लागि महानगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनलाई ध्यानाकर्षण पत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । सिर्सियाकाे प्रदूषण नियन्त्रणका लागि महानगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनलाई बीरगन्जवासीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

- Advertisement -

‘सरिसवा नदी एवं बीरगन्ज प्रदूषणमुक्त अभियान, बीरगन्ज’को नामबाट संचालित अभियानका संयोजक सुरेन्द्र कुर्मीको नेतृत्वमा तीन वटै कार्यालयमा पुगेको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै सरोकारवालालाई ध्यानाकर्षण पत्रमा नदीलाई प्रदूषणमुक्त बनाउन आग्रह गरिएको छ ।

- Advertisement -

ध्यानाकर्षण पत्रमा  सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मंसिर २२ मा ‘सिर्सिया नदीको प्रदूषण अनुगमन समिति गठन गरेको र सो समितिले बुझाएको प्रतिवेदन अनुसार कुनै कारबाही नभएकोबारे  ध्यानाकर्षण गराइएको छ । साथै संविधानमा भएकाे नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको अधिकारकाे हनन भएकाे बारे समेत ध्यानाकर्षण गराइएको छ ।

नदीलाई महानगरपालिका भित्र पर्ने नेशनल लेदर, नेपाल लेदर, सुशिल बनस्पति, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्म सिमेन्ट, कलश सिमेन्ट, अन्नपूर्ण भेजिटेबल्स लगायत उद्योगहरुले आफ्नो उद्योगबाट निस्केको बोसो, रौं, रसायन, पशु शरीरको ठोस अवशेष लगायत अन्य औद्योगिक फोहोर नाला मार्फत नदीमा खसाउने गरेका छन् । त्यसबाहेक स–साना उद्योग र घरबाट निस्कने फोहोर पानीले पनि नदीलाई प्रदूषित र दुर्गन्धित बनाइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -