21.1 C
Kathmandu
Wednesday, June 29, 2022
21.1 C
Kathmandu
25.2 C
Birgunj

राजनीतिक घोषणाअघि पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आशीर्वाद लिए रवि लामिछानेले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज आफू राजनिितमा प्रबेश गरेको घोषणा गर्दैछन् । आफू सक्रियतापूर्वक राजनीतिमा प्रवेश गरेको घोषणा गर्नुअघि उनी आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् । पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमा मन्दिरको दर्शन गर्दै आशीर्वाद लिएको तस्बिर शेयर गरेकी छिन् ।

- Advertisement -

उनले रविको तस्बिरसँगै तपाईंको नयाँ यात्राका लागि भगवान पशुपतिनाथले सबै शक्ति र खुशीका लागि आशीर्वाद दिउन् भनेकी छिन् ।

- Advertisement -

उनले लेखेकी छिन् – “May Lord Pashupatinath bless you will all the strength and happiness for your new journey.” My support, care and love is always by your side ❤️♥️ ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान्मृ त्योर्मुक्षीय मामृतात्ॐ नमः शिवाय, ॐ नमः शिवाय, ॐ नमः शिवाय

लामिछानेले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा एउटा कार्यक्रमबीच राजनीतिमा लागेको घोषणा गर्ने बताइएको छ । केही दिनअघि ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनले स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलेको छैन । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको जनाइएको छ ।

उनले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । काठमाडौंको एक वडाबाट चुनाव लड्ने योजना सहित उनले ग्यालेक्सी टीभीबाट बाहिरिएका थिए । ग्यालेक्सी टीभीका संस्थापक तथा प्रस्तोता रहेका उनले सिधा कुरा कार्यक्रम चलाउँदै आएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -