पर्सा जिल्लामा ५ देखि ११ बर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएकाे छ । खोप यहि असार ९ गतेदेखि सन्चालन हुने बताइएकाे छ ।
स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका उक्त उमेर समुहका बालबालिकाको लागि फाइजर खोप लगाउने जनाएको हो ।
असार ९ गते देखि १५ गते सम्म १४ वटै पालिकाका सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
यो अभियानमा जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लछ्य रहेको ठाकुरले बताए। खोप लगाउनका लागि ४०२ जना स्वास्थ्यकर्मी खटाइने समेत उनले जानकारी दिए ।
वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह गरे।
उनले यो अभियानमा ५देखि ११ बर्ष सम्मका उमेर समुहका कोहि पनि बालबालिकालाइ नछुटाउन आग्रह पनि गरे।