22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

घुसको रकम सहित नापी कार्यालयका बिचौलिया रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,७ असार – पर्सा प्रहरीले घुसको रकम १ लाख २५ हजार रुपैया सहित एक जनालाई रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेखापढी व्यवसायी दिनेश पाण्डे भन्ने उमा पाण्डे रहेको प्रहरीले जनाएको छ । उनले नापी कार्यालय बीरगन्जमा काम गराई दिने भन्दै एक जना सेवा ग्राहीसँग सो रकम बुझेका थिए । बिगत लामो समय देखि जग्गाको लालपुर्जाका लागि नापी कार्यालय पर्साले बीरगन्जको लक्षुमनवा निवासी राजन झालाई दौडाएको थियो । बिना पैसा काम नहुने झाले हेरेपछि घुस दिन राजी भएका थिए । यस भन्दा पहिला पनि व्यवसायी पाण्डेले पटक पटक गरी ३० हजार सम्मको रकम सोही कामका लागि भन्दै झासँग लिएका थिए । झाले आफुलाई पाण्डेले पटक पटक गठेको आरोप लगाएका छन् ।

- Advertisement -

सेवाग्राही झाका अनुसार पाण्डेले आफु कार्यालयको कर्मचारी भएको तथा असार अन्तिम साता सेवानिवृत हुने बताउदै जानु भन्दा पहिला तपाईको काम गरेर जाने भन्दै सो रकम माग गरेका थिए । झाका अनुसार कार्यालयको माथिल्लो कोठामा पग्दा पाण्डे जहिले पनि कर्मचारीको कुर्शीमै वसेको देख्ने गरेको कारण कार्यालयको कर्मचारी नै हो भन्ने आफुलाई लागेको बताए । कार्यालयले पटक पटक बिभिन्न बहानामा काम नगरि दिएपछि आफु बाध्य भएर सो रकम दिन सहमत भएको झाको भनाई छ । पाण्डेले पैसा दिएपछि काम आज दिउँसो ३ बजे हुने भन्दै सेवाग्राही झालाई बोलाएका थिए । लेखापढी व्यवसायी पाण्डेले कार्यालयमा पैसा नलिने भन्दै बाहिर नै पैसा लिने चाजोपाचो मिलाएका थिए ।

- Advertisement -

सेवाग्री झाले पैसा बैकबाट झिक्नु पर्ने बताएपछि पाण्डे पैसा लिन बीरगन्जको आदर्शनगरमा रहेको एभरेष्ट बैंकको काउण्टरमै पुगेका थिए भने घटनाको बिषयमा प्रहरीलाई सुचना प्राप्त भएपछि पैसाको रकम सहित पाण्डेलाई पक्राउ गर्न प्रहरी टोली पनि एभरेष्ट बैंकमै पुगेको थियो ।
कर्मचारीले घुस मागेको बारे पर्साका एक जना पत्रकारलाई सुचना प्राप्त भएपछि पर्साको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरीक्षक रमेश कुमार वस्नेतलाई खबर गरेका थिए । बिशेष सुचनाको अधारमा घटना स्थलमा पुगेको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले व्यवसायी पाण्डेलाई घुसको रकम सहित रंगेहात पक्राउ गर्न सफल भएको थियो ।

अहिले लेखापढी व्यवसायी पाण्डे प्रहरी हिरासतमा रहेको तथा उनको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यता घटना सार्वजिक भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिर्दै नापी कार्यालय बीरगन्जका प्रमुख नारायण श्रेष्ठले यसमा कार्यालयको कुनै कर्मचारीको सहभागीता नरहेको दावी गरेका छन् ।

नापी कार्यालयमा क्यामरा सहित पुगेको संचारकर्मीहरूले कार्यालयमा लाजपुर्जा तयारी अवस्थामा फेला पारेको र सेवाग्राहीले तत्काल पुर्जा प्राप्त गरेका थिए । एक जना लेखापढी व्यवसायी कार्यालयमा कर्मचारीकै पोशाकमा वस्नु , कर्मचारी पोशाकमै रकम लिन कार्यालय बाहिर जानु एवं भनेको अनुसार कागाज पनि तयारी अवस्थामा कार्यालयमा फेला पार्नुले घटनामा कार्यालयका कर्मचारीको पनि संलग्ता रहेको हुन सक्ने देखिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -